Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सांसदहरूले अवरोध गरेपछि सभामुखले संसद स्थगित गरे


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 441
    Shares

  • सांसदहरूले अवरोध गरेपछि सभामुखले संसद स्थगित गरे

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांगेस र बिना प्रमाण छानबिन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर बैठक अवरुद्ध पारेका हुन् ।

    कांग्रेस सचेतक सुशीला थिङले करोडौं सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिइन् ।

    सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न पटक पटक आग्रह गरेपनि सांसदहरू उभिएर बैठक अवरुद्ध पारिरहे । यसअघि सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा दलहरुबीच छलफल भएको थियो । छलफलमामा सदन खुलाउने विषयमा सहमति हुन सकेको थिएन ।
    सांसदहरूले सभामुख घिमिरेको आग्रह नमानेपछि उनले संसद १५ मिनेटका लागि स्थगित गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस