Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भुक्तानीसम्बन्धी सम्झौता

निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भुक्तानीसम्बन्धी सम्झौता

  • काठमाडौं । निओ मनि ट्रान्सफर प्रालि र राष्ट्रिय वाणिज्य बैंक लि.बीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत् भुक्तानीसम्बन्धी सम्झौता भएको छ । निओ मनि ट्रान्सफर प्रालिका  प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्र वाणिज्य बैंकका भुक्तानी तथा फस्र्यौट वभागका प्रमुख ऋषिराम ढकालले  गत भदौ २५ गते मंगलबार एक समारोहमा सम्झौता गरेको निओले जनाएको हो । 

    पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स  भुक्तानी सेवा दिने निओ मनि ट्रान्सफरले देशभरका ३ सय २ वटा शाखा कार्यालय र एक्सटेन्सन काउन्टरमार्फत् विभिन्न प्रकारको बैंकिङ्ग सेवाहरु  समेत प्रदान गर्दै आएको छ । राष्ट्रिय वाणिज्य बैंक लिसँगको यो सम्झौता पश्चात निओ मनि ट्रान्सफर मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्ने भएको निओ मनिले जनाएको छ ।

    419242861_122108696192240823_7830076846488176184_n.jpg

    राष्ट्रिय वाणिज्य बैंक लिसँगको सम्झौतासँगै निओ मनि ट्रान्सफर प्रालिले अब देशभर १५००० भन्दा बढी  स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्ने क्षमता प्राप्त गरेको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो । विशेष गरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने निओ मनि ट्रान्सफरले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय  संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ । यसबाट नेपालमा रेमिट्यान्स भित्र्याई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने बताउँदै निओ मनि ट्रान्सफर प्रालिका प्रमुख कार्यकारी अधिकृत सागर खनालले यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij