Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

भारत उत्तराखण्डको नैनीताल भएको दुर्घटनामा मर्नेहरू ७ जना नेपाली सबै बर्दिया बबईका


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 714
    Shares

  • भारत उत्तराखण्डको नैनीताल भएको दुर्घटनामा मर्नेहरू ७ जना नेपाली सबै बर्दिया बबईका

    काठमाडौं ।  भारत उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेहरु बर्दियाको बबईका भएको खुलेको छ । बेतालघाट थानाका इन्चार्ज अनिस अहमदले जनाए अनुसार मर्नेहरू सबै बर्दियाका हुन् । 

    बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गरिरहेका नेपाली कामदारहरु सोमबार साँझ घरतर्फ हिडेका बेला भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

    बिहान खानेपानी आयोजनाको काम सकिएपछि उनीहरु सबै गाडी बुक गरेर हल्द्वानी निस्किन थालेका थिए ।दुर्घटनामा परि चालक सहित ८ जनाको मृत्यु हुनेहरूमा ७ जना नेपाली रहेका छन् । युके ०४ सीसी ०४९५ नम्बरको बुलेरो जीपका चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी रहेका छन् ।

    घाइते शान्ति चौधरी र छोटु चौधरीको तिवारी राजकीय अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ । 

    प्रतिक्रिया दिनुहोस