Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

गण्डकीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गदै कांग्रेसद्वारा सर्वोच्चमा रिट , बुधबार सुनुवाइ

गण्डकीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गदै कांग्रेसद्वारा सर्वोच्चमा रिट , बुधबार सुनुवाइ

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांगेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्ति बदर गर्न मागरी  सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।बहालवाला सभामुखको गणना गरी बहुमत देखाएर एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गरी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले वारेसमार्फत रिट दायर गरेका हुन्।


    प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री बनेका खगराज अधिकारी र प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरिएको हो ।बहुमत देखाउन सभामुख धितालको सहमतिबेगर नै उनलाई  गणना गरिनु र मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसीमाअगावै अधिकारीलाई नियुक्ति दिएर शपथ गराउनु संविधानको भावनाविपरीत रहेको रिटमा दाबी गरिएको छ ।


    रिटको अन्तिम किनारा नलागेसम्म खगराज अधिकारीलाई मुख्यमन्त्रीमा दिइएको नियुक्तिलगायतका सम्पूर्ण कामकारबाही तत्काल कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश माग गरिएको सो  रिटमा भोलि बुधबारलाई पेसी तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij