काठमाडौं । मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको बिहीबार चैत २९ गते वार्षिक साधारण सभा बस्दैछ । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् ।