Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता


नया सडक

२०८०, चैत २८ बुधबार

  • 708
    Shares

  • चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता

    बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ ।

    “राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,” चीनको सरकारी प्रसारक सिसिटिभीले आफ्नो समाचारमा जनाएको छ ।

    बेइजिङ र ताइपेइमा उहाँहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।

    ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने र स्वशासित टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नछोडेको बेइजिङसँगको तनाव शान्त पार्न पूर्व राष्ट्रपति मा ‘शान्तिको यात्रा’ का लागि अप्रिल १ मा चीन आउनुभएको थियो । 

    उहाँले २० जना ताइवानी विद्यार्थीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका प्रविधि फर्म, विश्वविद्यालय र ऐतिहासिक स्थलको भ्रमण गर्नुभएको छ ।

    माले प्रस्थान गर्नुअघि युवा आदानप्रदानलाई बढावा दिने र बेइजिङसँगको ‘तनाव कम गर्नु र सद्भाव बढाउनु’ भ्रमणको उद्देश्य रहेको बताउनुभएको छ । 

    माले कुओमिन्ताङ ९केएमटी० पार्टीको प्रतिनिधित्व गर्दै सन् २००८ देखि २०१६ सम्म ताइवानको नेताको रूपमा दुई कार्यकाल सम्हाल्नुभएको थियो । 

    माले सन् २०१५ मा सिङ्गापुरमा सीसँग ऐतिहासिक शिखर वार्ता गर्नुभएको थियो । 

    तर सन् २०१६ मा बेइजिङको दाबीलाई अस्वीकार गर्ने उहाँका उत्तराधिकारी साई इङ–वेनको निर्वाचनपछि चीन ताइवानबीचको सम्बन्ध चिसिएको छ ।

    गत जनवरीमा चीनप्रति बढी आक्रामक मानिने ताइवानी नेता लाइ चिङ–तेको निर्वाचनले सीमापार सम्बन्धमा थप तनाव आएको छ र बेइजिङले उहाँलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस