Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल धितोपत्र बोडको अध्यक्ष पदको छनौट प्रक्रिया तत्काल स्थगित


नया सडक

२०८०, चैत २८ बुधबार

  • 549
    Shares

  • नेपाल धितोपत्र बोडको अध्यक्ष पदको छनौट प्रक्रिया तत्काल स्थगित

    काठमाडौं ।नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएकाहरूबाट छनौट सूची (सर्ट लिस्ट )तयार भए पनि सो प्रक्रिया  रोकिएको छ ।
    बोर्डको अध्यक्ष पदका लागि भोलि बिहीबार कार्यायोजना प्रस्तुत गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

    अर्थमन्त्री वर्षमान पुन वैशाख २ गते अमेरिका जाने कार्यक्रम भएकोले  अर्थमन्त्री फर्किएपछि  मात्रै प्रक्रिया अघि बढ्नेगरी हाललाई कार्यायोजना प्रस्तुत गर्ने कार्य स्थगित गरिएको स्रोतको भनाइ छ ।

    बोर्डको अध्यक्ष पदका लागि ५ जनाको नाम छनौट सूचीमा राखिएको थियो । सो सूचीमा परेकाहरूमा  कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेका छन् । 

    तीमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

    प्रतिक्रिया दिनुहोस