Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान


नया सडक

२०८०, चैत २८ बुधबार

  • 318
    Shares

  • उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

     

    काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ ।

     

    इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिनुभएको छ । बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो ।

     

    बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकामा नेपाली जनतादलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिनुभएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न  प्रदान गरिएको आयोगले जनाएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस