Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एसियाली विकास बैंकद्वारा नेपालको आर्थिक वृद्धि दर पूर्वानुमानमा संशोधन , यो वर्ष ३.६ प्रतिशतको आर्थिक वृद्धि हुन सक्ने


नया सडक

२०८०, चैत २९ बिहीबार

  • 534
    Shares

  • एसियाली विकास बैंकद्वारा नेपालको आर्थिक वृद्धि दर पूर्वानुमानमा संशोधन , यो वर्ष ३.६ प्रतिशतको आर्थिक वृद्धि हुन सक्ने

    काठमाडौं । एसियाली विकास बैंकले यो वर्ष नेपालका आर्थिक वृद्धिदर ३.६ प्रतिशतसम्म पुग्ने पूर्वानुमान गरेको छ ।उत्पादनशील उद्योगको उत्पादनमा वृद्धि भइरहेको , राष्ट्र बैंकले घरकर्जा र सेयर कर्जामा सहजीकरण गरिरहेको  र कृषि  तथा पर्यटन क्षेत्रको सुधारले आर्थिक वृद्धिदरमा सहयोग पुग्ने एडीबीले जनाउँदै आर्थिक वृद्धिबारे यस्तो प्रक्षेपण गरेको हो ।

    सरकारले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो।  तर एडीबीले आयातमा भएको संकुचन, सरकारी खर्च वृद्धि हुन नसक्नु जस्ता कारणले  सरकारले अपेक्षा गरे अनुसारको आर्थिक वृद्धिदर पाउन नसक्ने जनाएको छ ।विश्व बैंकले यसअघि ३.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने पूर्वानुमान गरेको थियो ।

    राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष  दोस्रो त्रैमासमा ४ प्रतिशतले अर्थतन्त्र बढने प्रक्षेपण गरेको थियो।भारतमा मुद्रास्फिति घटिरहेकोले नेपालको मूल्यवृद्धि ६ प्रतिशतको हाराहारीमा रहने एडीबीले प्रक्षेपण गरेको छ।

    प्रतिक्रिया दिनुहोस