Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

घरायसी प्रयोजनका वस्तुको निकासी, पैठारी गर्दा महसुल पूर्णतः छुट दिनुपर्ने  संसदमा प्रस्ताव


नया सडक

२०८०, चैत २९ बिहीबार

  • 939
    Shares

  • घरायसी प्रयोजनका वस्तुको निकासी, पैठारी गर्दा महसुल पूर्णतः छुट दिनुपर्ने  संसदमा प्रस्ताव

    काठमाडौं । घरायसी प्रयोजनका वस्तुको निकासी, पैठारी गर्दा महसुल पूर्णतः छुट दिनुपर्ने  संसदमा प्रस्ताव गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले यस्तो  गरेका हुन् ।

    भन्सार सम्बन्धी ऐन संशोधन विधेयकमा उनले यस्तो व्यवस्था थप गर्नुपर्ने बताए । हाल एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल लाग्ने व्यवस्था छ । यस्तो व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकहरूलाई समस्या परेको भन्दै सांसदहरूले संसद्‌मा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

    प्रस्तावित विधेयकको दफा १८ मा सरकारले कुनै वस्तुको निकासी वा पैठारीमा लाग्ने भन्सार महसुल पूर्ण वा आशिंक छुट दिन सक्ने व्यवस्था छ । भन्सार महसुल छुट सम्बन्धी सूचना सरकारले राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ । यो सुविधा घरायसी प्रयोजनका वस्तुको निकासी र पैठारी गर्नेलाई दिइनुपर्ने प्रस्ताव सांसद झाले गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस