काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक र कर्मचारी तर्फको शेयरको लकइन वैशाख ३० गते सकिने भएको छ । कम्पनीले सूचना जारी गर्दै संस्थापक तर्फको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीतर्फको ५० हजार ३६५ कित्ता शेयरको लकइन आगामी एक महिनापछि सकिने जानकारी दिएको हो ।
पछिल्लो समय नेपाल धितोपत्र बोर्डले लकइनमा रहेको शेयरको अवधि सकिनु एक महिना अघि सार्वजनिक रुपमा सूचना जारी गरेर लगानीकर्ताहरूलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम कम्पनीले जानकारी गराएको हो ।