Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

केही सचिवहरुको जिम्मेवारी परिवर्तन


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 618
    Shares

  • केही सचिवहरुको जिम्मेवारी परिवर्तन

     काठमाडौं । सरकारले केही सचिवहरुको जिम्मेवारी परिवर्तन  गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव को जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो ।

    एक हप्ताअघि मात्रै उपराष्ट्रपति कार्यालयमा सरुवा भएका मुकुन्द निरौला सामान्य प्रशासन मन्त्रालयमा फर्काइएको छ । उपराष्ट्रपति कार्यालयमा जानु अघि उनी उद्योग सचिवका रुपमा कार्यरत थिए ।

    हाल सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फर्काउने वा  अन्य युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने भनिएको स्रोतको भनाइ छ । 

    स्रोत अनुसार  हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गर्ने तयारी छ ।


    प्रतिक्रिया दिनुहोस