Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

  •  

    बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ । 

     

      केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ प्रायद्वीपको तटीय पानी, साथै हेनान, हुबेई, हुनान र चोङकिङलगायत प्रान्तीयस्तरका क्षेत्रका केही भाग ढाक्ने अनुमान गरिएको छ ।  

     

    केन्द्रका अनुसार केही प्रभावित क्षेत्रमा दृश्यता एक किलोमिटरभन्दा कममा झर्नेछ । डुङ्गा चलाउने र अन्य सञ्चालनमा संलग्न जहाजहरूलाई सुरक्षित नेभिगेसन सुनिश्चित गर्न तिनीहरूको निगरानीलाई बलियो बनाउन र आफ्नो गतिलाई नियन्त्रित गर्न तथा उचित दूरी कायम गर्न सुझाव दिइएको छ । 

     

    चीनमा बाक्लो कुहिरोका लागि तीनस्तरको रङ–कोड गरिएको चेतावनी प्रणाली रहेको छ । यसमा रातो सबैभन्दा गम्भीर चेतावनी हो । त्यसपछि सुन्तला र पहेँलो चेतावनी रहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij