Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कर छलेर ल्याइएका छ लाखका सामान बरामद


नया सडक

२०८१, वैशाख १ शनिबार

  • 462
    Shares

  • कर छलेर ल्याइएका छ लाखका सामान बरामद

    गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका रु छ लाख मूल्य बराबरका सामान  बरामद गरिएको छ ।  जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो ।   

    बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् ।  ती सामग्री  सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको  जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस