Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मार्बल ,ग्रेनाइट र टाइल्स गत वर्षको तुलनामा कम मूल्यको आयात


नया सडक

२०८१, वैशाख २ आइतबार

  • 546
    Shares

  • चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मार्बल ,ग्रेनाइट र टाइल्स  गत वर्षको तुलनामा कम मूल्यको आयात

    काठमाडौं ।चालु आर्थिक वर्ष २०८०/८१मा फागुन मसान्तसम्म चालु आवमा कच्चा मार्बल, स्ल्याब मार्बल , कच्चा ग्रेनाइट, स्ल्याब मार्बल र टाइल्सको कुल आयात ७२ करोड ५७लाख४६ हजार भन्सार मूल्य बराबरको हुँदा भन्सार राजस्व ३१करोड ९८लाख ०४हजार असुल गरिएको छ । भन्सार विभागको प्रतिवेदनमा यस्तो देखिएको हो ।
    यो गत वर्षको तुलनामा चालु आवमा कम मूल्य बराबरको आयात भइ कम भन्सार राजस्व असुल भएको हो ।गत आव २०७९÷८०मा कच्चा काटिएको मार्बल, स्ल्याब मार्बल, कच्चा काटिएको ग्रेनाइट, स्ल्याब ग्रेनाइट , टाइल्ससमेत गरी ७६ करोड  १८ लाख ८० हजार रुपैयाको आयात हुँदा ३४ करोड ६१ लाख  २३ हजार रुपैया भन्सार राजस्व प्राप्त भएको थियो ।

    images

    गत आवको तुलनामा कम एमटीक्यू परिमाणमा कच्चा काटिएको मार्बलको आयात भएको छ ।गत आवमा ३ सय ५५ एमटीक्यू आयात भएको थियो भने चालु आवमा २ सय ८४ एमटीक्यू परिमाणमा कच्चा काटिएको मार्बलको आयात गरिएको हो ।यो गत आवको फागुन मसान्तको तुलनामा ७१ एमटीक्यू परिमाणले कम कच्चा काटिएको मार्बल आयात भएको हो ।

    चालु आवमा चीनबाट ५० एमटीक्यू भन्सार मूल्य ४४२७००० र भन्सार महसुल ३९०००० रुपैयाको कच्चा काटिएको मार्बलको आयात भयो । यसमा ७८ हजार रुपैया प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ ।ग्रिसबाट ४५ एमटीक्यू परिमाणमा कच्चा काटिएका मार्बल आयात गरिएको थियो । सो परिमाणको  ५९८८००० भन्सार मूल्य तोकी  भन्सार महसुल १००० रुपैया लिइएको थियो । यस आधारमा २२ रुपैया २२ पैसा प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ ।

    यस्तै भारतबाट ६२ एमटीक्यू परिमाणको सो मार्बलको भन्सार मूल्य ४७०००० तोकी  ११५००० रुपैया भन्सार महसुल लिइएको छ ।यस अनुसार  १ हजार ८ सय ५४ रुपैया ८४ पैसा भन्सार महसुल लिइएको छ ।इटलीबाट ५० एमटीक्यू परिमाण बराबर सो मार्बलको भन्सार मूल्य ३२१९००० तोकी भन्सार महसुल १००० रुपैया लिइएको छ । यस अनुसार २० रुपैया प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ ।टर्कीबाट कच्चा काटिएका मार्बल ७७ एमटीक्यू परिमाणमा आयात भयो । त्यसको भन्सार मूल्य ९४१३ ००० तोकी  ९११००० रुपैयाँ भन्सार महसुल लिइयो ।जस अनुसार ११ हजार ८सय ३१ रुपैया १७ पैसा प्रति एमटीक्यूल भन्सार महसुल लिइएको छ।

    कच्चा काटिएको मार्बलको आयातबाट असुल भएको भन्सार महसुलका आधारमा सबै भन्दा महँगो टर्कीको मार्बल देखिएको छ । दोस्रो महँगो कच्चा काटिएको मार्बल चीनबाट आयात गरिएको छ । तेस्रो महँगो भारतको छ भने ग्रिस र इटलीको मार्बलको रहेको छ ।

    आयताकार काटिएका मार्बल स्ल्याबचीनबाट ४८९० किलोग्राम आयताकार काटिएको स्ल्याब मार्बलको भन्सार मूल्य २३२००० तोकी भन्सार महसुल १६०००० रुपैया असुल गरिएको छ ।यस आधारमा ३२ रुपैया ७२ पैसा प्रति किलो भन्सार महसुल लिइएको छ ।भारतबाट ८५५७६९१ किलोग्राम स्ल्याब मार्बको भन्सार मूल्य २३१२७९००० तोकी  भन्सार महसुल १५९७५९००० रुपैया असुल गरिएको छ । यस आधारमा १८ रुपैया ६७ पैसा प्रति किलो भन्सार महसुल लिइएको छ ।चीनको स्ल्याब मार्बलको भन्दा भारतको मार्बल सस्तो देखिन्छ ।

    कच्चा काटिएका ग्रेनाइट भारतबाट७५०१८१ एमटीक्यू भन्सार मूल्य ३६४१२७००० र भन्सार महसुल ८८६५५००० रुपैया असुल भएको छ ।
    १ सय १८ रुपैया १८ पैसा प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ ।नर्वेबाट २९ एमटीक्यू भन्सार मूल्य ६६४०००० तोकी  भन्सार महसुल १००० रुपैयाँ लिइएको छ।३४ रुपैया ४८ पैसा प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ ।नर्वेको तुलनामा भारतबाट आयात गरिएको कच्चा ग्रेनाइट महँगो छ ।
    आयताकार काटिएका गे्रनाइट स्ल्याबचीनबाट २९० किलोग्राम  भन्सार मूल्य १४००० तोकी   भन्सार महसुल९००० रुपैया लिइएको छ । यस आधारमा 
    ३१ रुपैया प्रति किलो भन्सार महसुल लिइएको छ ।

    भारतबाट ४२४५३७० किलोग्राम भन्सार मूल्य ९८४२६००० र भन्सार महसुल  ६८४३८००० रुपैया असुल गरिएको छ । यस अनुसार  १६ रुपैया १० पैसा प्रतिकिलो भन्सार महसुल लिइएको छ । ग्रेनाइट स्ल्याब भारतको भन्दा चीनको महँगो देखिन्छ ।

    यसैगरी टाइल्स भारतबाट ३९१६३ किलोग्राम भन्सार मूल्य १९५८००० तोकी  भन्सार महसुल १३६०००० रुपैया असुल गरिएको छ ।
    ३४ रुपैया ७३ पैसा प्रति किलो भन्सार महसुल लिइएको छ ।सिंगापुरबाट ११ किलो  आयात गरिएको टाइल्सको भन्सार मूल्य ६००० तोकी ४००० रुपैया भन्सार राजस्व असुल गरिएको छ । यस अनुसार  ३ सय ६३ रुपैया ६४ पैसा  प्रति किलो भन्सार महसुल लिइएको छ ।

    गत आव २०७९/८०मा कच्चा काटिएको मार्बल, स्ल्याब मार्बल, कच्चा काटिएको ग्रेनाइट, स्ल्याब ग्रेनाइट , टाइल्ससमेत गरी ७६ करोड  १८ लाख ८० हजार रुपैयाको आयात हुँदा ३४ करोड ६१ लख  २३ हजार रुपैया भन्सार राजस्व प्राप्त भएको थियो ।सो अवधिमा कच्चा काटिएको  मार्बलको आयात
    भारतबाट ४९ एमटीक्यूको भन्सार मूल्य ६७९००० र भन्सार महसुल १६५००० रुपैया३ हजार ३सय ६७ रुपैया ३५ पैसा प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ ।इटलीबाट ३९ एमटीक्यू भन्सार मूल्य ७८५९००० र भन्सार महसुल १९१०००० रुपैया असुल गरियो ।४८ हजार ९७४ रुपैया ३६ पैसा प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ ।टर्कीबाट २६७ एमटीक्यू भन्सार मूल्य ३१०४४००० र भन्सार महसुल ४११२००० रुपैया १५ हजार ४सय ७५ पैसा प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ ।

    आयातकार काटिएका मार्बल  स्ल्याब चीनबाट २७६ किलोग्रामको भन्सार मूल्य ६००० र भन्सार महसुल ३००० रुपैया लिइएको छ । १० रुपैय ८७ पैसा प्रति किलो भन्सार महसुल लिइएको छ ।भारतबाट १४१४१२१० किलोग्रामको भन्सार मूल्य ३६३८७९००० र भन्सार महसुल १९५३८२००० रुपैया 
    १३ रुपैया ८२ पैसा प्रति किलोग्राम भन्सार महसुल लिइएको छ ।

    कच्चा काटिएका ग्रेनाइट भारतबाट १०९३०२३ एमटीक्यू भन्सार मूल्य १६०९९२००० र भन्सार महसुल ३९११२००० रुपैया ३५ रुपैया ७८ पैसा प्रति एमटीक्यू भन्सार महसुल लिइएको छ । नर्वेबाट ६८ एमटीक्यू १३४२१००० भन्सार मूल्य र भन्सार महसुल शून्य लिइएको छ ।

    आयताकार काटिएका ग्रेनाइट स्ल्याब भारतबाट ९३०२१४० किलोग्राम भन्सार मूल्य १९०४७६००० र भन्सार महसुल १०६५५७००० रुपैया लिइएको छ ।
    ११ रुपैया ४६ पैसा प्रति किलो महसुल लिइएको छ ।
    टाइल्स क्यूब्स चीनबाट  ५५२ किलो ग्राम भन्सार मूल्य २३००० र भन्सार महसुल ११००० रुपैया  १९ रुपैया ९३ पैसा प्रति किलो भन्सार महसुल लिइएको छ । भरतबाट ५५०९१ किलोग्राम भन्सार मूल्य १३६०००० र भन्सार महसुल ७८१००० रुपैया । १४ रुपैया १८ पैसा प्रति किलो भन्सार महसुल लिइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस