काठमाडौं । आज नेप्से परिसूचक २.३५ प्रतिशतले घटेको छ । आज ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ वटा समूहको सूचक सकारात्मक बनेको छ ।यस दिन ३२० कम्पनीको ७७ लाख ९५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
२१ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र ङादी ग्रुप पावर परेका छन् ।