Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

घरजग्गा कारोबारमा गति, पछिल्लो त्रैमासमा राजस्व संकलनमा निरन्तर वृद्धि


नया सडक

२०८१, वैशाख ३ सोमबार

  • 621
    Shares

  • घरजग्गा कारोबारमा गति, पछिल्लो त्रैमासमा राजस्व संकलनमा निरन्तर वृद्धि

    काठमाडौं ।घरजग्गा कारोबारमा निरन्तर वृद्धि भइरहेको देखिएको छ । घरजग्गा कारोबारबाट असुल  हुने राजश्व संकलनबाट यस्तो वृद्धि भएको देखिएको हो ।फागुन महिनाको तुलनामा चैत महिनामा राजश्व संकलन ३५ करोडले रुपैयाँले बढेको छ ।चैत महिनामा करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

    चैत महिनामा ५० हजार घरजग्गाको कारोबारबाट ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भयो ।यसैगरी फागुन महिनामा घरजग्गा कारोबारबाट साढे ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । फागुन महिनामा ५१ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।फागुन महिनामा भएको यो राजस्व संकलन माघ महिनाको तुलनामा बढेको थियो । माघमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख रूपैयाँ  राजस्व प्राप्त  गरेको थियो । माघको तुलनामा चैतमा ५७ करोड रुपैयाँले राजस्व संकलनमा वृद्धि भएको थियो ।

    भूमि व्यवस्थापन तथा अभिलेख विभागको अभिलेख अनुसार चैतमा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ४९ करोड १७ लाख ९४ हजार रुपैयाँ, पुँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख ७ हजार रुपैयाँ, देशभरका मालपोत कार्यालयबाट सेवा दिएवापत सेवा करवापत ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क ३ करोड ४७ लाख, साढे ९८ हजार बिलम्ब शुल्क र अन्य विभिन्न सेवामार्फत् राजस्व संकलन भएको छ ।
    चैतमा कुल ५० हजार २५२ वटा लिखत पारित भएको छ भने ५ हजार ८८६ वटा नामसारी भएको छ । यस्तै ११ हजार २५० वटा संशोधन हुँदा ३९ हजार ८२२ जग्गा रोक्का भएको छ । यसैगरी, २९ हजार २४७ फुकुवा र ४४४ जग्गा बाँडफाँड भएको छ ।२०८० चैत महिनामा सबैभन्दा बढी राजस्व संकलन गर्नेमा लगनखेल मालपोत कार्यालय बनेको छ । ३९ करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कुल ३९ करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्वमा लगनखेल मालपोत कार्यालयले संकलन गरेको राजस्व ९.९६ प्रतिशत हो । 

    प्रतिक्रिया दिनुहोस