Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सर्न सक्छ– म्याक्रोन

सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सर्न सक्छ– म्याक्रोन

  •  

    पेरिस ।फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमबार बताउनुभएको छ । 

     

    बिएफएमटिभी र आरएमसीसँगको अन्तरवार्तामा उहाँले टोलीहरूलाई सिन नदीमा नौकाहरूमा विहार गराउनुको सट्टा उद्घाटन समारोहलाई एफिल टावरबाट नदीपारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्न सकिने र स्ट्याड डि फ्रान्समा पनि स्थानान्तरण गर्न सकिने बताउनुभयो ।

     

    मुख्य रङ्गशालामा खेलहरू उद्घाटन गर्ने परम्परालाई तोड्दै पेरिस आयोजकहरूले ओलम्पिक इतिहासमा अभूतपूर्व समारोहको आयोजना बनाएका छन् । यद्यपि युक्रेन र गाजामा युद्ध सुरु भएपछि आयोजकहरूले जुलाई २६ मा हुने उद्घाटन समारोहलाई लक्षित गरी कुनै भिन्नै स्थानमा सार्न सकिने भन्ने कुरालाई अहिलेसम्म अस्वीकार गरेका छन् । 

     

    “यो उद्घाटन समारोह विश्वमा सबैभन्दा पहिलो हो, हामी यो गर्न सक्छौँ र गर्न गइरहेका छौँ”, राष्ट्रपति म्याक्रोनले भन्नुभयो, “तर प्लान बि र प्लान सि छ जसमा समारोहलाई पेरिसको उत्तरमा स्टेड डि फ्रान्समा सार्ने समावेश छ, हामी वास्तविक समयमा यसको विश्लेषण गर्नेछौँ ।”

     

    उहाँले खेलका क्रममा ओलम्पिक युद्धविरामका लागि ‘हरसम्भव प्रयास’ गर्ने बताउनुभयो । युद्धविराम ओलम्पिकको समयमा शान्ति कायम गर्ने ऐतिहासिक परम्परा हो । “हामी ओलम्पिक युद्धविरामको दिशामा काम गर्न चाहन्छौँ र यो मेरा लागि हाम्रा धेरै साझेदारहरूसँग संलग्न हुने अवसर भएको मलाई लागेको छ ।”

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij