Logo

May 15 2024 | २०८१, जेठ २गते

images
निगरानी

महँगा सुटिङ कपडा आयात र बिक्री वितरण गर्दा  सञ्जय खन्नाको रोजी इम्पेक्सद्वारा ठूलो मात्रामा राजस्व छली


नया सडक

२०८१, वैशाख ३ सोमबार

  • 1.5k
    Shares

  • महँगा   सुटिङ कपडा आयात र बिक्री वितरण गर्दा  सञ्जय खन्नाको रोजी इम्पेक्सद्वारा ठूलो मात्रामा राजस्व छली

    काठमाडौं । सर्टिङ सुटिङको कपडा आयात गर्दा रोजी इम्पेक्सले ठुलो मात्रामा राजस्व छली गर्ने  गरेको पाइएको छ । सञ्जय खन्नाले सञ्चालन गरेको रोजी इम्पेक्सले चाइना तथा तेस्रो मुलुकबाट महँगा खालको सर्टिङ सुटिङ कपडा  आयात र  थोक मूल्यमा बिक्री वितरण गर्दा ठुलो मात्रामा राजस्व छली गरेको पाइएको हो ।

    images

    कपडाको  थोक बजार न्यूरोडस्थित रञ्जना गलीमा रहेको रोजी इम्पेक्सले विशेषगरी महँगा खालका सुर्टिङ कपडा आयात र बिक्री वितरण गर्दै आएको छ ।सञ्जय खन्नाले विशेषगरी महँगा खालका सुटिङ /सटिङ  कपडा आयात गर्दा न्यून बिजकीकरणमा आयात गर्ने र भन्सार छल्ने गरेको समाचार स्रोतले बताएको छ ।

    सञ्जय खन्नाले विगत लामो समयदेखि महँगा सुटिङ सर्टिङका कपडा आयात र बिक्री वितरण गर्दै आएका छन् । विशेषगरी ठुला टेलरिङ पसलहरू र महँगा कपडाका शो रुममा बिक्री वितरण गर्दै आएका खन्नाले  कपडाको भ्याट बिल दिँदा झण्डै आधा मूल्यको मात्रै दिने गरेको एक टेलर पसलका सञ्चालकले नयाँ सडकलाई बताए ।

    सञ्जय खन्नाद्वारा सञ्चालित रोजी इम्पेक्सलगायतका फर्महरूले  महँगा सुटिङ /सटिङ आयात र बिक्री वितरण गर्दा   विभिन्न शीर्षकमा राजस्व छल्दै आएका छन् ।भारतको चण्डीगढबाट व्यापारकै सिलसिलामा नेपाल आई विभिन्न सुटिङ/सर्टिङ कपडाको कारोबार गर्ने सञ्जय खन्नाले केही समय अगाडि  रेमण्डलगायत ब्रान्डका कपडाको एजेन्सी समेत लिएका थिए । सञ्जय खन्ना र उनका दाई समेतले  नेपालमा  महँगा खालका सुटिङ/ सर्टिङ कपडाको व्यापारिक साम्राज्य जमाएका  तीन भाइ मध्ये अहिले सञ्जय खन्नाले मात्र नेपालको काम सम्हालिरहेका छन् । उनका दाइहरू अश्विनी खन्ना र शशि खन्नाले भारतमा कपडाकै ठुलो व्यापार गरिरहेका छन् ।

    केही ठुला टेलरिङ पसलहरूलाई राजस्व अनुसन्धान विभाग र  आन्तरिक राजस्व कार्यालयहरूले निगरानी बढाएसँगै महँगा खालका सुटिङ सर्टिङ कपडा आयात तथा थोक बिक्री वितरण गर्ने फर्म र त्यसका सञ्चालकहरूलाई समेत राजस्व अनुसन्धान र आन्तरिक राजस्व कार्यालयहरूले निगरानीमा राखेको अधिकारीहरूले बताएका छन् ।

    यससम्बन्धमा रोजी इम्पेक्सका सञ्चालक सञ्जय खन्नासँग सम्पर्क गर्दा  खासै प्रतिक्रिया दिएनन् । उनले राजस्व छली नगरेको बताउँदै आफू छलफलमा रहेको भन्दै पन्छिए ।

    प्रतिक्रिया दिनुहोस