Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

वीरगञ्जमा आज अपराह्न डोली यात्रा हुँदै


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 477
    Shares

  • वीरगञ्जमा आज अपराह्न डोली यात्रा हुँदै

    वीरगञ्ज । चैतेदसैँका अवसरमा वीरगञ्जको गहवामाई मन्दिरले आज दिउँसो निशानसहितको डोली यात्रा गर्ने भएको छ । 

    मन्दिर व्यवस्थापनको जिम्मेवारीमा रहेको माईस्थान सञ्चालन समितिले दिनको अपराह्न चार बजेको शुभसाइतमा निशानसहितको डोली यात्राको गर्ने जनाएको हो । 

    समितिका अध्यक्ष नरेन्द्रकुमार साहले डोलीयात्राको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । “वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाईको पहिलोपटक डोली यात्रा गर्दैछौँ”, उहाँले भन्नुभयो, “यो डोली यात्रामा पाँच हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेका छौँ ।”

    मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको शुभसाइत आज अपराह्न २ बजे रहेको बताउनुभयो । “दिनको २ बजे निशानपूजाको शुभसाइत छ । दुई बजेदेखि चार बजेसम्म पूजापाठ र आवश्यक तयारी गर्नेछौँ”, उहाँले भन्नुभयो, “डोली यात्राको साइत भने दिनको ४ बजे छ ।” 

    डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट प्रारम्भ भई वीरगञ्जको रोड नम्बर २ हँुदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गण आएर समापन  हुनेछ । 

    प्रतिक्रिया दिनुहोस