Logo

May 15 2024 | २०८१, जेठ २गते

images

प्रभु केबलकार एण्ड टुरिजम आईपीओ जारी गर्दै


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 432
    Shares

  • प्रभु केबलकार एण्ड टुरिजम आईपीओ जारी गर्दै

    काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजमले सार्वजनिक शेयर निष्काशन (आईपीओ) जारी गर्न लागेको छ । आईपीओ जारी गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्नका लागि कम्पनीले शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

    images

    बैशाख ४ गते एक सूचना जारी गरी  कम्पनीले योग्य कम्पनी तथा संस्थाहरुलाई ४५ कार्यदिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आह्वान ग¥यो । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेकोले सो  मूल्य बिक्री प्रबन्धकले नै प्रस्ताव गर्ने छ ।

    कम्पनी ऐन २०६३ द्वारा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको कम्पनीले केबलकार परियोजना र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको छ । हाल कम्पनीले विभिन्न तीन वटा केबलकार परियोजनालाई अघि बढाइरहेको छ । कम्पनीले रुपन्देहीमा सिद्धार्थ केबलकार, रामेछापमा खाँडादेवी केबलकार र सिन्धुलीमा सिद्धबाबा केबलकारको परियोजनामा काम गरिरहेको छ । ती मध्ये रुपन्देहीको सिद्धार्थ केबलकारको काम अन्तिम चरणमा पुगेको छ  ।  बाँकी दुई परियोजनाको काम शुरुवाती चरणमा रहेको छ ।

    प्रभु ग्रुप र कम्पनीका सहायक कम्पनी प्रभु केबलकारको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । यसमा प्रभु होल्डिङ एण्ड हाइड्रो डभेलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत विकासको ९.८ प्रतिशत र प्रभु उर्जा कृषि प्राधिकरण विकासको ५१ प्रतिशत शेयर स्वामित्व छ ।

    आईपीओ जारी पश्चात कम्पनीको कम्तीमा ७० प्रतिशत शेयर प्रभु शेयर र कम्पनीको हुनेछ । साथै, यस कम्पनीले आफ्ना शेयरधनीहरुलाई संस्थागत सुशासन सुनिश्चित गर्न र आफ्ना लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिन निरन्तर काम गरिरहेको  जनाएको छ ।कम्पनीको अध्यक्षमा भोज कुमार खड्का, सञ्चालकमा इञ्जिनियर धुव्रकुमार पोखरेल, लक्ष्मी पौडेल, रमेशप्रसाद सापकोटा, आरती थापा र कम्पनी सचिवमा सुजेन्द्र कुमार ठकुरी छन् । इञ्जिनियर पोखरेल स्वतन्त्र सञ्चालक हुन् भने अन्य सञ्चालकहरु प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिहरु हुन् ।

    प्रतिक्रिया दिनुहोस