Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

संसदीय सुनुवाइ समितिद्वारा महालेखापरीक्षकमा सिफारिस भएका तोयम राया सर्वसम्मत अनुमोदित


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 516
    Shares

  • संसदीय सुनुवाइ समितिद्वारा महालेखापरीक्षकमा सिफारिस भएका तोयम राया सर्वसम्मत अनुमोदित

    काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।ट्रान्सपरेन्सी इन्टरनेशनललगायतका प्रतिनिधिमलक संघसंस्था र व्यक्तिहरूको तर्फबाट सरकारले रायालाई गरेको नियुक्तिको विरोधमा सार्वजनिक अभिव्यक्ति गरेपनि समितिले सो पदमा नियुक्तिको सर्वसम्मत अनुमोदन गरेको हो ।

    समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए । रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस