Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलाई नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 591
    Shares

  • अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलाई    नेपाल धितोपत्र बोर्ड  अध्यक्षको जिम्मेवारी

    काठमाडौं । बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले  नेपाल धितोपत्र बोर्डको जिम्मेवारी पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् ।

    धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने गरिएको छ ।

    संशोधित ऐनमा थप गरिएको उपदफा ८ मा भनिएको छ  –‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भए बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने छ ।’

     यसअघि सरकारले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मा दिएको थियो । रमेशकुमार हमालले कार्यकाल सकेर बाहिरिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।

    रिक्त अध्यक्ष पद नियुक्तिका लागि पाँच जना ‘सर्टलिस्ट’ मा परेका छन् । सर्टलिस्टमा परेकाले आफ्नो कार्यायोजना प्रस्तुत गर्न बाँकी छ । अर्थमन्त्री वर्षमान पुनः देशबाहिर रहेकाले नियुक्ति प्रक्रिया लम्बिएको छ ।

    प्रतिक्रिया दिनुहोस