Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ४ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 690
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ४ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ४ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    शेयर बजार : नेप्से परिसूचक १४.८१ प्रतिशतले घट्यो , २ अर्ब १० करोडको कारोबार

    काठमाडौं । आज नेप्से  परिसूचक १४.८१ प्रतिशतले घटेको छ । आज २ अर्ब १०  करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज सूचीकृत सबै समूहमा गिरावट आएको छ ।यस दिन ३१२ कम्पनीको ५४ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ५९ लाख रुपैयाँसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सूर्यज्योति लाइफ इन्सुरेन्स र पोखरा फाइनान्स रहेका छन् ।

    अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलाई नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

    काठमाडौं । बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले  नेपाल धितोपत्र बोर्डको जिम्मेवारी पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् ।

    धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने गरिएको छ ।

    संशोधित ऐनमा थप गरिएको उपदफा ८ मा भनिएको छ  –‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भए बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने छ ।’

    नेपाल पुनर्बिमा कम्पनीले  ५ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।  अब यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारण सभामा लगिनेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक १.५६  विन्दुले  घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५६ विन्दुले घटेको छ । यससँगै सूचक २००४.९६ अंकमा अडिएको छ । २५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार भएको छ ।१० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ ।

    अर्थमन्त्री पुन वासिङ्टन डिसीमा

    वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त  बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नु भएको छ । 

    मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरुले स्वागत गर्नुभयो । भ्रमण दलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, सोही महाशाखाका उपसचिव कञ्चन बस्नेतलगायत हुनुहुन्छ । 

    यहाँ रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका  चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    सम्झौता तोडिएको नौ महिनापछि लोकमार्गको पुनः ठेक्का

    गलकोट (बागलुङ) ।  मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ खण्ड कालोपत्र गर्नका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । ठेक्का सम्झौता गरेको सात वर्षसम्म कालोपत्र नगर्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बिहुँ खण्डको निर्माण व्यवसायीसँग रद्द गरिएको ठेक्का नौ महिनापछि पुनः खुलाइएको छ । आगमी असारभित्रै निर्माण व्यवसायीलाई काममा ल्याउनेगरी ठेक्का खोलिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

    मध्यपहाडी पुष्पलाल लोकमार्गस्थित अलपत्र बागलुङको बिहुँ खण्डको १२ किमि सडक कालोपत्रका लागि पुनः ठेक्का लगाइएपछि आन्दोलनरत स्थानीयवासी खुसी भएका छन् । दुई वर्षमा सक्नुपर्नेकाम पाँच पटक म्याद थाप्दा समेत काम नगर्ने निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेर पुनः रु २४ करोडको लागतमा ठेक्का लगाउनका लागि निर्माण व्यवसायीसँग आह्वान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार ७२ प्रतिशत भौतिक प्रगति गरेको निर्माण व्यवसायीसँग ठेक्का रद्द गरी पुनःमूल्याङ्कनका आधारमा नौ महिनापछि ठेक्कामा गएको हो ।

    सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३९ हजार २०० रुपैयाँ

     काठमाडौं ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ ।

    प्रस्तावित महालेखा परीक्षक रायालाई सांसदको प्रश्नः बेरुजु कम गर्ने योजना के छ ?

    काठमाडौँ ।  “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ, छ वर्षमा बेरुजु न्यूनीकरण गर्ने योजना के छ रु”, भन्ने सांसदको जिज्ञासामा प्रस्तावित महालेखापरीक्षक तोयम रायाले भन्नुभयो, “बेजुरु प्रक्रिया हो, पछिल्लो समय सम्परीक्षण नभएर बढी देखिएको हो, नियमित, असुलउपर र पेस्की सबै गरेर बेरुजु बढी देखिएको हो ।”
          
    रायाको संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा  समितिका सदस्य जनार्दन शर्माले प्रश्न गर्नुभयो , “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ रु छ वर्षमा सुधारको ठोस योजना के छ रु त्यस्तै, समितिका सदस्य महेश बर्तौलाले थप्नुभयो, “बेरुजुको समस्या बढेर गएको छ, सरकारी निकायमा यसरी बेरुजु बढ्दा सुशासनलाई गिज्याइरहेको देखिन्छ, यस्तो अवस्थामा स्वतन्त्र, निश्पक्ष पारदर्शी तरिकाले काम गर्न सक्नुहुन्छ रु” समितिका सदस्य रमेश लेखकले जिज्ञासा पनि उस्तै थियो, “बेरुजु कम गर्ने योजना के छ रु” समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रश्न थियो, “बेरुजु, अनियमितता र भ्रष्टाचार एकआपसमा कसरी अन्तरसम्बन्धित छन रु”

    निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ ।  नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।”

    नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय निर्णय

    काठमाडौं । नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय निर्णय गरिएको छ ।  मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो ।

    उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

    ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । नवनियुक्त शाखा अधिकृतहरूलाई  मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

    नेपाल एसबीआईले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

    काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको छ ।‘नेपाल एसबीआई ऋणपत्र २०९०’ निष्कासन गर्न बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई पक्षले सो समझदारी गरेका हुन् ।

    सम्झौता पत्रमा नेपाल एसबीआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

    विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

    काठमाडौँ ।सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गर्नुभएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन९गौचन०ले आदिवासी जानजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

     

    आदिवासी महिला तथा किशोरीको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध हुने भेद्भाव उन्मुलन समिति(युएन सिड कमिटी) आधारभूत सिफारिस नं ३९ सम्बन्धमा धारणा राख्ने क्रममा उहाँले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धी ९सिड० सिफारिस राज्यपक्षीय विधायिका, नीति निर्माण गर्ने तह तथा सम्बन्धित सबैलाई मार्ग निर्देशनको रुपमा रहेको बताउनुभयो । 

    जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

    काठमाडौँ ।  ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीसम्बन्धी प्रणाली प्रयोगमा आएपछि उक्त झन्झटबाट सेवाग्राही मुक्त हुँदै गएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताउनुभयो ।

    “उक्त प्रणालीमार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारबाहीको विवरण अभिलेखमा राख्दछ । कति जरिवाना तिर्नुपर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्छ । पटके कसूरको विवरण पनि यस प्रणालीले आफैँ हिसाब राख्नछ”, उहाँले भन्नुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो, “नेपाल प्रहरी कार्ययोजना, २०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्य अनुरूप आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन उक्त प्रणाली महत्वपूर्ण बनेको छ ।”

    २७२ किलो गाँजासहित  कन्टेनर र चालक सशस्त्र प्रहरी बलको नियन्त्रणमा

    काठमाडौं । सशस्त्र प्रहरी बलले २७२ किलो गाँजासहित  एउटा कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले  रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डअन्तर्गत बाइपास इलाकाबाट गाँजासहितको कन्टेनर नियन्त्रणमा लिएको हो ।प्रहरीले नियन्त्रणमा लिएको  नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरमा गाँजा फेला परेको हो ।

    नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र भारत घर भएका ३६ वर्षीय चालक सतनम सिंहलाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारीसार्वजनिक गरेका छन् ।

    दलमा आवद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ ।

    शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको र प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकाले ती कानुन कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको जनाइएको छ । छलफलमा शिक्षामन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोग माग गर्नुभएको थियो ।

    प्रभु केबलकार एण्ड टुरिजम आईपीओ जारी गर्दै

    काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजमले सार्वजनिक शेयर निष्काशन (आईपीओ) जारी गर्न लागेको छ । आईपीओ जारी गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्नका लागि कम्पनीले शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

    बैशाख ४ गते एक सूचना जारी गरी  कम्पनीले योग्य कम्पनी तथा संस्थाहरुलाई ४५ कार्यदिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आह्वान ग¥यो । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेकोले सो  मूल्य बिक्री प्रबन्धकले नै प्रस्ताव गर्ने छ ।

    कम्पनी ऐन २०६३ द्वारा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको कम्पनीले केबलकार परियोजना र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको छ । हाल कम्पनीले विभिन्न तीन वटा केबलकार परियोजनालाई अघि बढाइरहेको छ । कम्पनीले रुपन्देहीमा सिद्धार्थ केबलकार, रामेछापमा खाँडादेवी केबलकार र सिन्धुलीमा सिद्धबाबा केबलकारको परियोजनामा काम गरिरहेको छ । ती मध्ये रुपन्देहीको सिद्धार्थ केबलकारको काम अन्तिम चरणमा पुगेको छ  ।  बाँकी दुई परियोजनाको काम शुरुवाती चरणमा रहेको छ ।

    गत वर्षको तुलनामा पुँजी बजारको अवस्थामा सुधार भएपनि व्यवसायीहरु उत्साहित भएनन्

    काठमाडौं । गतवर्षको तुलनामा यो वर्षको फागुन चैत्रमा पुँजी बजारको अवस्थामा सुधार भएपनि व्यवसायीहरूमा उत्साह भर्ने नसकेको देखिएको छ ।गत आर्थिक वर्ष २०७९को फागुन मसान्तमा नेप्सेको सूचकांक १९५३.०६ रहेकोमा चालु आव २०८०को फागुनमा नेप्से सूचकांक २१०८.७३ कायम भएको थियो । २०८०को फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३१४ अर्ब ६३ करोड कायम भयो । २०७९को फागुन मसान्तमा बजार पुँजीकरण २८२३ अर्ब ६८ करोड रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।

    सोही अवधिमा चालु वर्षको फागुन मसान्तसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुग्यो ।ती मध्ये १३४ बैंक तथा वित्तीय संस्था र  बीमा कम्पनी रहेका छन् । यसैगरी ९१ ज्लविद्युत कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी , ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९को फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो ।

     

     
     
     

     

     
     
     
     

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस