Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा पोखरा महानगरपालिकाका इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ

घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा पोखरा महानगरपालिकाका इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ

  • काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियरलाई पक्राउ गरेको छ ।  पोखराको  अख्तियार  टोलीले  पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई  मंगलबार पक्राउ गरेको हो ।

    गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरुलाई   १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij