Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ज्योति विकास बैंकको खुद नाफा घट्यो


नया सडक

२०८१, वैशाख ५ बुधबार

  • 588
    Shares

  • ज्योति विकास बैंकको खुद नाफा घट्यो

    काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको  वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशत कम हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ।नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ।

    ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    प्रतिक्रिया दिनुहोस