Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लहान एक्स्पो :साना व्यवसायी लाई पाखा , स्टल, प्रवेश तथा मनोरञ्जन खेलकुद शुल्क महगो , भड्किलो नृत्य


नया सडक

२०८१, वैशाख ५ बुधबार

  • 972
    Shares

  • लहान एक्स्पो :साना  व्यवसायी लाई   पाखा ,    स्टल, प्रवेश तथा  मनोरञ्जन खेलकुद  शुल्क महगो ,  भड्किलो नृत्य

    लहान ।समृद्धिको आधार ,कृषि,पर्यटन उधोग र व्यापार 'भन्ने मूल नाराका साथ  जिल्ला  उधोग वाणिज्य संघ लहान सिरहाले आयोजना  गरेको लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० मा स्थानीय उत्पादन, कृषि जन्य घरेलु उत्पादन, साना व्यवसायी लाई पाखा , ठुला व्यबसायी लाई  प्राथमिकता  ,  स्टलको  महँगो शुल्क , प्रवेश शुल्क तथा  मनोरञ्जन (पिङ तथा अन्य )शुल्क  महँगो  तथा सास्क्रतिक कार्यक्रमको नाउँ मा असलील नृत्य नाच भइरहेका छन ।
    मेला आयोजना हुनु भन्दा अगाडी पशुपति आदर्श माविको परिसरमा आयोजित पत्रकार सम्मेलनमा उधोग वाणिज्य संघ लहान का अध्यक्ष  विकास शारदाले मेलाको ब्यबस्थापकिय पक्ष तथा महोत्सवले लहानको व्यापार तथा पर्यटन प्रवद्वन र प्रचारप्रसार संगै स्थानीय  कृषि, पर्यटन, उधोग  र व्यापार , संस्कृती, स्थानीय खाना तथा  परिकार  को उजागर गर्ने  जानकारी गराइएको थियो ।
    तर, संचालित मेलामा व्यापक कमजोरीहरु तथा  विक्र्तीहरु देखा पर्न थालेका छ्न।
    मेलामा रहेको स्थलहरू खालिको अवस्था एकातिर छ भने अर्कोतिर भएको सटलहरुमा व्यापार राम्रो नभएको व्यापारीहरूले बताएका छन् ।
    मेलामा ब्यबस्थित पार्किङको व्यावस्था नहुँदा स्थानिय शहीद चौंक देखि घण्टाघरसम्म आवत जावत प्रभावित हुँदै आएको छ।
    मेलामा कृषी उपज सामग्रीहरू राखिएको छैन भने मेलामा टिकट दर बढी भएको कारण     स्थानियहरू पशुपति आदर्श माविको वरिपरि चित्त बुझाउन विबस भएको देखिन्छ ।
    मेलामा संचालित सास्क्रतिक कार्यक्रमलाई अश्लील गीतमा अस्लिल नृत्य भइरहेकोले स्थानिय कला संस्कृति र भेष भुषालाई पछाडि धकेलेको राजनैतिककर्मी , बुद्धिजिवी, तथा  सन्चारकर्मीहरुले समाजिक सन्जाल टीका टिप्पणी  गरेका छ्न।
    व्यापार मेलाको रङ्गमञ्चमा आफ्नो प्रस्तुति सहित उद्योग बाणिज्य संघ लहानका अध्यक्ष विकास शारडा समेत  देखिएका छन् ।
     शारडा आफ्ना नृत्य प्रस्तुतिका साथ मञ्चमा एका एक देखा परेपछि दर्शकमा कौतुहलता जाग्दै उनी व्यापारी की कलाकार रु भन्ने प्रश्न उब्जिन थालेका छन् ।
    स्थानिय कला संस्कृति, भेष भुषा र लहान नगरपालिका भित्र रहेका विभिन्न विद्यालयहरुमा रहेको बाल प्रतिभाहरुलाई पाखा लगाउँदै लहानमा व्यापारिक मेला जहाँ कतिपय स्टलहरु खाली रहेको अवस्था छ भने टिकट दर स्थानियको हक हित भन्दा बाहिर रहेको अवस्था एकातिर छ भने अर्कोतिर लहान पशुपति आदर्श मावि परिसरमा मेला आयोजना भएको कारण पठन पाठन लगायत विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको स्थानीयहरुले बताएका  छ्न।
    एक अभिभावकले भने व्यापारिक मेलाले विद्यार्थीहरुको भविष्य संग खेलवाड  गरि आयोजक  ब्रहमलुट गरेको  बताए  मेलामा के के प्रदर्शनी भएको छ ? के लहानको ग्रामीण भेगका मानिसहरुले फाईदा लिन सक्ला रु आयोजक समितिसम्म ग्रामीण मानिसहरुको पहुंच पुग्ला ? के विद्यार्थीहरुले मेलामा प्रवेश गर्ने अवसर पाएका छन् रु के प्रत्येक दिन टिकटबाट उठेको रकमको हरहिसाब सार्वजनिक भइरहेको छ रु के कृषिजन्य उत्पादनहरूको मेलामा प्रदर्शनी भएको छ रु मेला बापत नगरपालिकाले लाखौं रकम दिए पनि नगरबासीलाई के फाईदा भएको छ र?
    नगर प्रमुखले आम जनताको सरोकारको विषयमा खर्च गरिनु पर्ने रकम मनोरञ्जनमा किन रुजस्ता प्रश्न  सर्वसधारण को रहेको  छ।
    महोत्सवमा बैशाख ६ गते बिहीबारका दिन  भोजपुरी नायिका अक्षरा सिंह आउने  दिन रहेकोले अतिथि प्रबेश पासको मान्यता नहुने आयोजकले सूचना  निकालेका छ्न।
    सूचनामा  उक्त दिनका लागि निर्धारण गरिएको अक्षरा सिंह र रचना रिमाल अंकित ३०० रकम उल्लेख गरिएको टिकटको मात्र मान्यता दिइने सूचनामा उल्लेख  गरिएको  छ।रासस

    प्रतिक्रिया दिनुहोस