Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नागरिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 591
    Shares

  • नागरिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

    काठमाडौं ।  नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका हुन् । सिउरी न्यादी पावरले प्रतिकिता १०० रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर निष्कासन गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस