काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसै अवधिको तुलनामा २६.९१ प्रतिशतले कम हो ।बैंकको खुद ब्याज आम्दानी ७.१५ प्रतिशतले घटेर १ अर्ब २८ करोड १९ लाख रुपैयाँ कायम भएको छ । सञ्चालन नाफा भने २.६१ प्रतिशतबाट बढेर ६६ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।लुम्बिनीको खराब कर्जा दर भने ३.७६ प्रतिशतबाट घटेर ३.६९ प्रतिशतमा झरेको छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ रहेको छ ।यस बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७७ पैसाले घटेर १२ रुपैयाँ ९७ पैसामा झरेको छ ।