काठमाडौं । सुरक्षा जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद गरिएको छ ।
शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट उक्त परिमाणको सुन बराम भएको हो ।
भारतीय महिला सहिना प्रविणबाट सो सुन बरामद भएको छ । प्लाष्टिकभित्र राखेर कालाे टेपले बरेर राखिएको अवस्थामा सो सुन फेला परेको छ ।
सबारे थप अनुसन्धान भइरहेको त्यहाँ खटिएका सुरक्षा स्रोतले जनाएको छ ।