Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

भन्सार छली ल्याएको एक करोड २० लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु वीरगञ्जको आदर्शनगरस्थित गोदामबाट बरामद

भन्सार छली ल्याएको एक करोड २० लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु वीरगञ्जको आदर्शनगरस्थित गोदामबाट बरामद

  • काठमाडौं ।  भन्सार छली ल्याएको ठुलो परिमाणको मालवस्तु वीरगञ्जको आदर्शनगरस्थित गोदामबाट बरामद गरिएको छ ।  पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार राजस्व छली वीरगन्जको आदर्शनगरस्थित गोदाममा भण्डारण गरेको अवस्थामा विभिन्न किसिमका कपडा बरामद गरेको हो ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–६ स्थित तुल्स्यान मार्केट (पमपम बिल्डिङ) मा रहेको दुईवटा गोदामबाट एक करोड २० लाख रुपैयाँ मूल्य बराबरको पाइन्ट, सर्ट तथा सर्टिङ/सुटिङको कपडा बरामद गरेको छ । 

    प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी सार्वजनिक गरेअनुसार  बिहीबार करिब ३ बजेको समयमा प्रहरीले तुल्स्यान मार्केटमा   भन्सार छली ल्याएको  मालवस्तुबरामद गरेको छ ।  उनीहरूले  कोठा भाडामा लिइ भारतबाट अवैध रुपले भन्सार राजस्व छली तस्करी मार्फत विभिन्न कपडा ल्याइ भण्डारण गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेका थियो ।

    पर्सा प्रहरी प्रवक्ता समेत रहेका थापाले जानकारी सार्वजनिक गरेअनुसार वीरगन्ज महानगरपालिका– ६ निवासी ४४ वर्षीय रामएकबाल कुशवाहाको गोदामबाट करिब ४० लाख रुपैयाँ र वीरगन्ज–१६ निवासी २४ वर्षीय आकाशकुमार गुप्ताको गोदामबाट करिब ८० लाख रुपैयाँ बराबरको सर्टिङ सुर्टिङ तथा पाइन्ट र सर्टको कपडा बरामद भएको हो । बरामद गरिएका कपडा थप कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा पठाइएको थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij