Logo

May 03 2024 | २०८१, वैशाख २१गते

images

सुटिङ/सर्टिङ आयात र बिक्री वितरणमा ब्रह्मलुट, जगदीश केडिया एन्ड कम्पनीले यसरी छल्छन् राजस्व


२०८१, वैशाख ७ शुक्रबार

  • 903
    Shares

  • सुटिङ/सर्टिङ आयात र बिक्री वितरणमा ब्रह्मलुट, जगदीश केडिया एन्ड कम्पनीले यसरी छल्छन् राजस्व

    काठमाडौं  । महँगा खालका सुटिङ/सर्टिङ आयात र बिक्री वितरणमा ठुलो मात्रामा राजस्वको कत्लेयाम भएको छ । विगत लामो समयदेखि महँगा सर्टिङ / सुटिङ कपडा आयात र बिक्री वितरण गर्दै आएका जगदीश केडिया एन्ड कम्पनीले ठुलो मात्रामा राजस्वको कत्लेयाम गरी राजस्वमा ब्रह्मलुट मच्चाएको हो ।

    images

    जगदीश केडियाको  श्यामकृष्ण इम्पेक्स, मारुतिलगायत आधा दर्जन कम्पनीहरूले कपडा तथा कपडाजन्य वस्तु र हार्डवेयरलगायतका वस्तुहरू कारोबारमा समेत ठुलो मात्रामा राजस्व छली गरेको स्रोतले बताएको छ । महँगा खालका सर्टिङ/ सुटिङ न्यून बिजकीकरणमा मगाउने , क्यारिङ मार्फत मगाएर ठुलो मात्रामा भन्सार राजस्व छल्ने गरेको बताइएको छ । केडिया एन्ड कम्पनीले सर्टिङ सुटिङ बिक्री गर्दा परल मूल्यको आधा भन्दा कम मूल्यको मात्र भ्याट बिल दिने गरेको एक व्यापारीले नयाँ सडकलाई बताएका छन् ।

    केडिया एन्ड कम्पनीले मूल्य अभिवृद्धि कर, आयकर, भन्सार महसुल लगायत अन्य शीर्षकमा राजस्व छल्दै आएको हुन सक्ने राजस्व अनुसन्धान विभाग स्रोतले बताएको छ ।केडियाले सामान बिक्री गर्दा भ्याट बिल नदिने , बिल दिनुपरे भ्याट, प्यान नम्बर उल्लेख नभएको बिल दिने गरेको बताइएको छ ।जगदीश केडिया र उनका  दाजु भाइको इम्पोर्ट तथा खुद्रा बिक्री केन्द्र गरी करिब आधा दर्जन कम्पनीहरू रहेको स्रोतको भनाइ छ । 

    राजेश स्यानेटेरिज वेयरलगायत कम्पनीहरूबाट उनीहरूले ठुलो मात्रामा राजस्व छली गरिरहेको बताइएको छ। जगदीश केडिया र उनका दाजु भाइको विशाल बजार, भोटेबहाल, हलचोक, टेकुलगायतका स्थानहरूमा विभिन्न फर्म र गोदामहरू रहेका छन् ।यसअघि महँगा सुटिङ सर्टिङ आयात र बिक्री वितरणमा ठुलो मात्रामा राजस्व छली हुँदै आएको नयाँ सडक दैनिकले पटक पटक सार्वजनिक गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस