Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

अमेरिकाले युक्रेनलाई ६१ अर्ब अमेरिकी डलरबराबरको सहयोग गर्ने


नया सडक

२०८१, वैशाख ९ आइतबार

  • 354
    Shares

  • अमेरिकाले युक्रेनलाई ६१ अर्ब अमेरिकी डलरबराबरको सहयोग गर्ने

     

    images


    काठमाडौं । युक्रेनलाई सहयोग गर्न अमेरिकाको संसद्ले ६१ अर्ब अमेरिकी डलरबराबरको सहयोग गर्ने भएको छ । अमेरिकाको संसद्ले ६१ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज पारित गरे पछि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने बाटो खुलेको हो  । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३ सय ११ मत परेको थियो । तर, यो प्रस्तावको विपक्षमा पनि १ सय १२ मत परेको थियो ।

    अब यो प्रस्ताव पारितका लागि अमेरिकी सिनेटमा जानेछ । अबको केही दिनमा सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ । यसलाई सिनेटमा पारित गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरी कानुनी रूपमा मान्यता दिनेछन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने बताएका छन् ।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन् ।
    उनले भने, ‘लोकतन्त्र र स्वतन्त्रता विश्वव्यापी मञ्चमा सधैं महत्त्वपूर्ण हुनेछ, र तिनीहरू कहिल्यै असफल हुन सक्दैनन् जबसम्म अमेरिका उनीहरूको रक्षा गर्न त्यहाँ छ।’यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलरबराबरको सैन्य सहायता पनि दिइएको छ ।  गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेजमा राखिएको छ । एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस