Logo

May 15 2024 | २०८१, जेठ २गते

images

चालु आवको चैत मसान्तसम्म कच्चा सनफ्लावर आयलको आयात बढी , कच्चा पाम र सोयाबिनको आयात दोब्बरले कमी


नया सडक

२०८१, वैशाख ९ आइतबार

  • 414
    Shares

  • चालु आवको चैत मसान्तसम्म कच्चा सनफ्लावर आयलको आयात बढी , कच्चा पाम र सोयाबिनको आयात दोब्बरले कमी

    काठमाडौं । चैत मसान्तसम्मको ९ महिनामा कच्चा सनफ्लावर तेलको आयात बढेको छ भने कच्चा पाम र सोयाबिन आयलको आयातमा कमी आएको छ ।भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार प्रतिवेदनमा क्रुड सनफ्लावर आयलको आयात परिमाण गत वर्षको तुलनामा बढेको हो ।

    images

    चालु आर्थिक वर्षमा कच्चा सनफ्लावार आयलको आयात ९ करोड ४२ लाख २६ हजार ७ सय ४४ लिटर आयात भएको छ ।जसको भन्सार मूल्य १० अर्ब ८२ करोड ७८ लाख ९२ हजार तोकी २ अर्ब २६ करोड ३७ लाख ३२ हजार राजस्व असुल भएको जनाइएको छ ।

    गत वर्ष क्रुड सनफ्लावर आयलको आयात ६ करोड ७० लाख २८ हजार८सय ७८ लिटर भएको थियो । जसको भन्सार मूल्य १३ अर्ब २९ करोड २३ लाख ४३ हजार मूल्य तोकी १ अर्ब ९६ करोड १५ लाख १३ हजार राजस्व असुल भएको जनाइएको छ ।

    चालु आवको चैत मसान्तसम्मको ९ महिनामा क्रुड सोयाबिन आयलको आयात ७ करोड ७ लाख १३ हजार २ सय ६१ लिटर भएको  छ भने गतवर्ष क्रुड सोयाबिन आयलको आयात १४करोड ३७ लाख ६२ हजार ३ सय ९७ भएको थियो । यो आयात गिरावट दोब्बरले भएको छ ।

    यसैगरी पाम आयलको आयत पनि चालु आबमा गत वर्षको तुलनामा करिब दोब्बरले घटेको छ ।चालु आवमा ७ करोड ७४लाख ४९ हजार ५सय ८८  लिटर क्रुड पाम आयलको आयात भएको छ भने गत वर्ष १४ करोड २३ लाख ६१ ह्जार ७४ लिटर आयात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस