काठमाडौं । क्लासिक भ्यु रिसोर्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग आइतवार सम्झौता गरेको छ ।बुढानिलकण्ठ,काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडलाई क्यापिटलको “आईडिया टु आईपीओ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम कम्पनीको ९आईपीओ० निष्काशन गर्न एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।