Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

सरकारले सुनको भन्सार दर घटायो

सरकारले सुनको भन्सार दर घटायो

  • काठमाडौँ । सरकारले भन्सार दर घटाएको छ ।तस्करी बढेपछि सरकारले सुनको भन्सार दर घटाएको हो ।नेपालमा भन्दा भारतमा प्रति तोला २० हजार रुपैयाँ हाराहारी सस्तो भएका कारण तस्करी बढेको थियो । त्यसले गर्दा सरकारले बाध्य भएर भन्सार दर घटाएको हो।अर्थ मन्त्रालय स्रोतका अनुसार सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारिएको छ । सरकारले सुनको भन्सार दर गत आर्थिक वर्षको भन्दा पनि तल झारेको हो। यस्तै चाँदीको भन्सार दर १५ बाट १० प्रतिशतमा झारिएको छ ।

    तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते बजेटमार्फत सुनको भन्सार १५ बाट २० प्रतिशत पु¥याएका थिए। जसका कारण सुनको मूल्य प्रति तोला ६ हजार रुपैयाँ बढ्न पुगेको थियो। भन्सार दर बढाइएको विरोधमा सुनचाँदी व्यवासायीले सडकमा ओर्लिएर विरोध गरेका थिए।नेपालमा बजेट सार्वजनिक भएको केही समयपछि भारतले आफ्नो बजेट ल्यायो। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भने भन्सार दर घटाइन्। जसले गर्दा नेपालमाभन्दा भारतमा सुन प्रति तोला २० हजार रुपैयाँ हाराहारी सस्तिन पुग्यो। यसपछि नेपालमा भारतबाट सुनको तस्करी बढेको थियो।

    व्यवसायीहरुले दैनिक औसतमा २० किलो सुन खपत हुने बताउँदै आएकामा यो आर्थिक वर्ष वैधानिक च्यानलबाट अहिलेसम्म १३२ किलो मात्र आयात भएको छ।बजारमा तस्करीको सुनले राज गरेका कारण वाणिज्य बैंकहरुले आयात ठूलो परिमाणमा घटाएका हुन्। उनीहरुले तिहारपछि सुन नै आयात गरेका छैनन्। एकातिर बजारमा तस्करीको सुनको राज र अर्कातिर आयात घटेर राजस्व संकलनमै असर परेपछि अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद्को स्वीकृतिमा भन्सार दर घटाएका हुन्।

    सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए । चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij