काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ९ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभयो ।
मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिनुहुँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताउनुभयो । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताउनुभयो ।
क्लासिक भ्यु रिसोर्टले आईपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । क्लासिक भ्यु रिसोर्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग आइतवार सम्झौता गरेको छ ।बुढानिलकण्ठ,काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडलाई क्यापिटलको “आईडिया टु आईपीओ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम कम्पनीको (आईपीओ)निष्काशन गर्न एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।
एशियन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभाबाट पारित गरेको करिब २ महिनाभित्रै बोनस शेयर सूचीकृत गराएको छ ।कम्पनीले उक्त बोनस शेयर वापत्को २४ लाख ४५ हजार ३५७ दशमलव ९ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । कम्पनीले गत फागुन १८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७५ प्रतिशत बोनस शेयर वैशाख ९ गते दोस्रो बजारमा सूचीकृत गराएको हो ।वैशाख १० गतेदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
शेयर बजार : नेप्से परिसूचक १२.२९ प्रतिशतले बढेर १९८४.४३ विन्दुमा , २ अर्ब २५ करोडको कारोबार
काठमाडौं । आज नेप्से १२.२९ प्रतिशतले बढेर १९८४.४३ विन्दुमा आएको छ । आज २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ११ वटा समूहका सूचक सकारात्मक भएको छ ।
आज ३१० कम्पनीको ६३ लाख ९३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड २१ लाख रुपैयाँसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट र पिपुल्स पावर परेका छन् ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको खुद नाफा ३ करोड १२ लाख
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३०.४१ प्रतिशत कम रहेको छ । यस फाइनान्सको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो । ३ करोड ३२ लाख रहेको उक्त चार्ज अहिले बढेर ४ करोड २५ लाख पुगेको छ ।यस फाइनान्सको निष्क्रिय कर्जा दर १.२६ प्रतिशत विन्दुबाट बढेर २.५५ प्रतिशत पुगेको छ ।हाल यसको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३२ करोड ६३ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी ४.२४ रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १३३.६० रुपैयाँ छ ।
लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः सीइओ सुशील भट्ट
काठमाडौँ। सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबार र सोमबार (वैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ काठमाडौँमा आयोजना हुँदैछ ।
लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा त्यसको पूर्वतयारीका काम कति चुस्त छन् र सम्मेलनबाट सोचेअनुरुप उपलब्धि कसरी हासिल होला भन्नेमा धेरैको चासो छ । सम्मेलनका लागि करिब डेढ सय हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी सरकारले गरिरहँदा ती आयोजनामा लगानीकर्तालाई कसरी आकर्षित गर्ने र बढीभन्दा बढी लगानी भित्रिने सुनिश्चित गर्ने भन्ने अहिलेको प्रमुख विषय हो ।
यसै सन्दर्भमा लगानी आकर्षित गर्नका लागि चाहिने नीतिगत तथा कानुनी स्पष्टता एवम् सम्मेलनका क्रममा ‘सोकेस’मा राखिने आयोजनाको पूर्वतयारी, सम्मेलनको प्रचारप्रसार, सहभागीलाई आमन्त्रण तथा उनीहरुको व्यवस्थापन, आयोजनास्थल व्यवस्थापनलगायतका विषयमा लगानी सम्मेलन सचिवालय संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग राससकर्मी रमेश लम्साल र हेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश :
तेस्रो लगानी सम्मेलनको तयारी कस्तो चलिरहेको छ ?
तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुँदैछ । सम्मेलनका लागि अवधारणापत्र स्वीकृत भएर सोहीअनुसार कार्यान्वयन कार्ययोजना बनेको थियो । लगानी सम्मेलनका लागि गठित निर्देशक समिति, कार्यान्वयन समिति, प्राविधिक समिति तथा सचिवालयले तय गरेका काममा हामीले कसरी बढीभन्दा बढी नतीजामुखी हुन सकिन्छ भनेर आन्तरिक गृहकार्य चुस्त बनाएका छौँ ।
सम्मेलन आयोजनाका लागि तय भएका विभिन्न ८२ वटा कामहरुमध्ये अधिकांश सकिएका छन् । केही कार्यहरु अन्तिम चरणमा छन् । अब हामी सम्मेलनको पूर्वसन्ध्यामा पुगिसकेका छौँ । अबको हाम्रो प्राथमिकता सम्मेलनमा सहभागी हुने पाहुना तथा प्रतिनिधिको व्यवस्थापन हो ।
सम्मेलनका लागि आन्तरिक एवम् बाह्य लगानीकर्ताको सहभागिता सुनिश्चित गर्न लागिपरेका छौँ । उहाँहरुलाई ताकेता गर्ने तथा सहभागिता सुनिश्चित गर्ने, ट्राभल एड्भाइजरी दिने, लजिस्टिक व्यवस्थापनलगायतका काममा केन्द्रित छौँ । सम्मेलनमा सहभागी हुने विदेशी पाहुनाहरुको लगभग निधो भइसकेको छ ।
नारायणी डेभलपमेन्ट बैंकको तेस्रो त्रैमाससम्ममा रू. ४२ लाख ७१ हजार नोक्सानीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी तेस्रो त्रैमाससम्ममा रू। ४२ लाख ७१ हजार नोक्सानीमा रहेको छ । यस आधारमा कम्पनीको नोक्सानी गत आवको तुलनामा चालू आवमा केही घटेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४८ दशमलव ५३ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. १ करोड २५ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ६४ लाख ६९ हजारमा सिमित भएको हो ।
आइसीएफसी फाइनान्सको रू. ३ करोड ३२ लाख भन्दा बढी नाफा
काठमाडौं आइसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६०.३६ प्रतिशत कम रहेको छ ।यस फाइनान्सको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो । ११ करोड ६६ लाख रहेको उक्त चार्ज अहिले बढेर १६ करोड ९१ लाख पुगेको छ ।यस फाइनान्सको निष्क्रिय कर्जा दर २.६४ प्रतिशत विन्दुबाट बढेर ३.९१ प्रतिशत पुगेको छ ।हाल आइसीएफसीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ७० करोड ४४ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ छ ।
सानिमा जीआइसी इन्सुरेन्सको ३ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।सेयरको मूल्य प्रतिकित्ता १८६ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल, नागपोखरी, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
प्रि ओपन सेसन : नेप्से सूचक ०.७७ विन्दुले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७७ विन्दुले बढेको छ । यससँगै सूचक १९७२.९२ अंकमा आएको छ । १४ लाख २४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको २ हजार ६ सय ४८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७२ वटा कारोबार भएको हो ।
कुमारी बैंकको ६ लाख ९८ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरूको नाममा रहेको ६ लाख ९८ हजार ५ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।
इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
सेयर बजार छिर्दै हुनुहुन्छ ? पहिले यी कुरा जान्नुहोस्
तपाईं दोस्रो बजारमा प्रवेश गरी सेयर कारोबारमा लाग्न खोजिरहनु भएको छ रु यदी हो भने केही आधारभूत कुराहरु तपाईलाई थाहा हुनैपर्छ। केही आधारभूत कुराको जानकारीबिना बजारमा प्रवेश गर्नु भनेको आफ्नो सम्पत्तिलाई च्याखेँ थाप्नुसरह नै हुन्छ।
बजार बढिरहँदा ‘अझै बढ्छ, यो यो कम्पनीहरु किन्नुहोस्’ भन्नेहरु धेरै भेटिन्छन्। घट्दाखेरि त्यसैगरी ‘सबै बेच्नुहोस्, अझै घट्छ’ भनेर हल्ला गर्नेहरु सक्रिय रहन्छन्। नेप्सेको ट्रेण्ड जता जान्छ, मनोवल पनि त्यसरी नै विकास हुन्छ। बढेको बजारमा अझै बढ्छ र घटेको बजारमा अझै घट्छ भन्ने मनोवलमा अधिकांश लगानीकर्ता रुमल्लिएका हुन्छन्। बजार छिरिसकेपछि तपाईले बढ्दा र घट्दा दुवै अवसरको फाइदा लिन सक्नुपर्छ।
विगतका घटनाक्रम, अन्तर्राष्ट्रिय अभ्यास र केही विज्ञहरुसित परामर्श गरेका आधारमा नयाँ लगानीकर्ताका लागि केही आधारभूत टिप्स दिन गइरहेका छौँ। ति टिप्सलाई राम्ररी अवलम्वन गर्ने हो भने तपाईले धेरै हदसम्म जोखिम न्यूनीकरण गर्न र लगानीबाट नाफा लिन सक्नुहुन्छ।
चालु आवको चैत मसान्तसम्म कच्चा सनफ्लावर आयलको आयात बढी , कच्चा पाम र सोयाबिनको आयात दोब्बरले कमी
काठमाडौं । चैत मसान्तसम्मको ९ महिनामा कच्चा सनफ्लावर तेलको आयात बढेको छ भने कच्चा पाम र सोयाबिन आयलको आयातमा कमी आएको छ ।भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार प्रतिवेदनमा क्रुड सनफ्लावर आयलको आयात परिमाण गत वर्षको तुलनामा बढेको हो ।
चालु आर्थिक वर्षमा कच्चा सनफ्लावार आयलको आयात ९ करोड ४२ लाख २६ हजार ७ सय ४४ लिटर आयात भएको छ ।जसको भन्सार मूल्य १० अर्ब ८२ करोड ७८ लाख ९२ हजार तोकी २ अर्ब २६ करोड ३७ लाख ३२ हजार राजस्व असुल भएको जनाइएको छ ।
गत वर्ष क्रुड सनफ्लावर आयलको आयात ६ करोड ७० लाख २८ हजार८सय ७८ लिटर भएको थियो । जसको भन्सार मूल्य १३ अर्ब २९ करोड २३ लाख ४३ हजार मूल्य तोकी १ अर्ब ९६ करोड १५ लाख १३ हजार राजस्व असुल भएको जनाइएको छ ।
चैत मसान्तसम्मको वैदेशिक व्यापार स्थितिमा सुधार देखिएन, गत आवको तुलनामा आयात वृद्धि कायमै
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिना चैत मसान्तसम्मको अवस्था गत वर्षको तुलनामा राम्रो नभएको देखिएको छ ।सरकारका पदाधिकारीहरूले विगतमा सूचकहरू राम्रो भएको दाबी गरेपनि वैदेशिक व्यापारको प्रतिवेदनले त्यस्तो नदर्शाएको हो ।साउनदेखि चैत्रमसान्तसम्मको ९ महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटाउनु पर्नेमा त्यो बढेर गएको देखिएको छ ।चालु आवको पहिलो ९ महिना चैत मसान्तसम्म कुल व्यापारमा आयातको हिस्सा प्रतिशत ९१. ११ प्रतिशत रहेको छ । गत आवमा यो ९१.०४ प्रतिशत रहेको थियो ।
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ रहेको छ ।आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ ।
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभयो ।
मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिनुहुँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताउनुभयो । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताउनुभयो ।
एमाले प्रतिनिधि परिषद् वैठकः अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ ।
सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका बारेमा पनि नैतिक प्रश्न गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।
“एमालेको विशेषता भनेको यसका नेता र कार्यकताहरु सरल, नैतिकवान् चरित्रवान् र जनपक्षीय हुनु हो । यसप्रकारको विशेषताले हाम्रो पार्टीलाई अरुपार्टी भन्दा फरक र विशिष्ट बनाउने काम गरेको छ । पछिल्ला समयमा हाम्रो पार्टीका नेता र कार्यकताबारे सार्वजनिक रुपमा टिकाटिप्पणीहरु सुनिने तर त्यसका बारेमा कुनै सुनुवाई नभइरहेको अवस्था देखिन्छ”, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइदा इमान्दारहरु पीडित हुने र कमजोरी गर्नेले छुट पाउने स्थिति सिर्जना हुने अवस्था रहेको उल्लेख गर्दै अब त्यसप्रकारको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।
विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छः प्रधानमन्त्री
महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताउनुभयो । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभयो ।
कतारका अमिरले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्नुहुने
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्नुहुने भएको छ ।
भ्रमणका अवसरमा उहाँले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जानएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उहाँको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुनेछ ।
अख्तियारद्वारा सुरक्षण मुद्रण केन्द्रका निलम्बित विवेक पौडेल विरुद्ध अर्को पीआरसम्बन्धी मुद्दा दायर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर गरेको छ ।यसअघि पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै २ अर्ब ६९ करोडको मुद्दा पौडेल विरुद्ध हालिसकेको अख्तियारले अब अमेरिकाको पीआर लिएको आरोपसहित अर्को मुद्दा दायर गरेको हो ।
विदेशी मुलुकको स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति भएर पनि नेपालमा राष्ट्र सेवकको ओहदामा बसी लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीले जानकारी सार्वजनिक गरेका छन् ।यो मुद्दामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसार पौडेललाई कैद सजाय माग गरिएको छ ।
डिजिटल करेन्सीको प्रयोग र निर्माणबारे राष्ट्रबैंकको तयारी द्रुतगतिमा
काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी प्रयोगमा ल्याउन प्रमुखताका साथ अध्ययन गरिरहेको छ ।बैंकका अधिकारीहरूले जानकारी सार्वजनिक गरे अनुसार अबको दुई वर्षभित्र सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।
नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा.डिल्लीराम पोखरेलले जानकारी सार्वजनिक गरे अनुसार राष्ट्र बैंकले छुट्टै एक टोली बनाइ भुक्तानी प्रणाली विभागको मातहतमा रहेर काम भइरहेको छ । सन् २०२६ को अन्तिमसम्म डिजिटल करेन्सीको नमुना परीक्षण हुनेगरी काम भइरहेको छ ।
सरकारले गत चैत ५ गते संसदमा पेश गरेको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३’ संशोधन गर्न बनेको विधेयकमा डिजिटल मुद्राको विषय पनि सामेल छ । सो विधेयकमा डिजिटल मुद्रालाई स्वीकार गर्न तथा झुक्तानी दिइने विषय प्रस्ताव गरिएको छ । नेपालमा हुने डिजिटल कारोबारमा डिजिटल मुद्रालाई पनि स्थान दिने र वित्तीय संस्थाले डिजिटल मुद्राको कारोबार गर्न सक्ने व्यवस्था आवश्यक भएको भनी सरकारले सो विधेयकमा डिजिटल करेन्सीको विषय सामेल गरेको छ ।