Logo

May 15 2024 | २०८१, जेठ २गते

images

अरुण भ्याली हाइड्रोको २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला


नया सडक

२०८१, वैशाख १० सोमबार

  • 489
    Shares

  • अरुण भ्याली हाइड्रोको २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको करिब २० लाख कित्ता हकप्रद सेयर आज ९बैशाख १० गते० देखि बिक्री खुला गरिएको छ । कम्पनीको अवितरित १९ लाख ९२ हजार १३४ कित्ता कित्ता हकप्रद सेयर बिक्रीमा राखिएको हो ।हाइड्रोपावरले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १९ लाख ९२ हजार १३४ कित्ता सेयर आजदेखि लिलामीमा बिक्री खुला गरेको हो ।

    images


    कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    इच्छुक लगानीकर्ताले बैशाख २४ गतेगतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस