Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

आत्माराम खेतानका  छोरा  पियुष खेतान हुण्डी रकमसहित पक्राउ परेपछि न्युरोड क्षेत्रमा तरङ्ग,के हेर्दै छ राजस्व अनुसन्धान विभाग

आत्माराम खेतानका  छोरा  पियुष खेतान हुण्डी रकमसहित पक्राउ परेपछि न्युरोड क्षेत्रमा तरङ्ग,के हेर्दै छ राजस्व अनुसन्धान विभाग

  • काठमाडौं । कपडा व्यापारी आत्माराम खेतानका छोरा पियुष खेतान हुण्डी रकमसहित पक्राउ परेपछि काठमाडौंको न्युरोड, ओटु, इन्द्रचोक तथा वीरगञ्ज र जनकपुर क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ ।

    गत सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका ताहाचलमा रहेको आत्मराम खेतानको घरबाट उनका छोरा पियुष खेतानलाई पक्राउ गरेको थियो ।

    घरको खानतलासी पछि पियुषलाई रञ्जना कम्पलेक्सको तेस्रो तलामा खेतान दाजुभाइले सञ्चालन गरेको पसलमा पनि प्रहरी खानतलासी गरेको थियो ।खनतलासीका क्रममा स्रोत नखुलेको लाखौँ रकम र २३ पानामा  हुण्डी, क्रिप्टोकरेन्सी कारोबारसहितको विवरण प्रहरीले बरामद गरेको थियो ।फेसन  स्टोर नामको रेडिमेड पसल सञ्चालन गर्दै आएका आत्मारामले विगतमा पनि बुकी खेलाउने तथा हुण्डी समेतको कारोबार गर्दै आएको वीरगञ्जका एक व्यापारीले नयाँ सडकलाई बताएका छन् । प्रहरीले रञ्जना कम्पलेक्समा रहेको पसलबाट स्रोत नखुलेको  ९ लाख नगद समेत बरामद गरेको थियो ।

    प्रहरीले केही दिनको अनुसन्धान पश्चात पियुष खेतानलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ ।काठमाडौंको न्युरोड, ओटु, ढल्कोसमेतका क्षेत्रमा पार्टनरसिपमा कपडा तथा अन्य वस्तुको व्यवसाय गर्दै आएका आत्मारामलगायतको काठमाडौंको कलंकी तथा अन्यक्षेत्रमा समेत कारोबार रहेको बताइएको छ । आत्मराम र उनका छोराहरूसँग को को जोडिएका छन् , राजस्व अनुसन्धान विभागले के अनुसन्धान गर्दै छ भन्ने बारे नयाँ सडकले क्रमशः जानकारी दिने छ  ।खेतानले धनुषा जिल्ला धनुषाधाम गाउँपालिका ५ स्थायी घर भई हाल काठमार्डौ महानगरपालिका ताहाचलमा बस्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij