Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने


नया सडक

२०८१, वैशाख १० सोमबार

  • 615
    Shares

  • सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने

    काठमाडौं । सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । जसमध्ये २० अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । मंगलबार (वैशाख ११ गते)जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार वैशाख १० गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ ८ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी साउन ८ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । 

    प्रतिक्रिया दिनुहोस