Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू, अर्थसचिवमा मरासिनी, भोलि सार्वजनिक विदा


नया सडक

२०८१, वैशाख १० सोमबार

  • 630
    Shares

  • यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू, अर्थसचिवमा मरासिनी, भोलि सार्वजनिक विदा

    काठमाडौं ।  सरकारले  अर्थसचिवमा पुनः  मधुमरासिनीलाई ल्याएको छ । पेमेन्ट गेटवेमा भएको अनियमिततामा संलग्न भएको आरोपमा गरिएको निलम्बन फुकुवा पछि सरकारले उनलाई अर्थ सचिवमा फेरि ल्याउने निर्णय गरेको हो । 

    आज बसेको मन्त्रिपरिषद्को बैठकबाट मरासिनीलाई अर्थसचिवमा फेरि ल्याउने निर्णय भएको हो ।पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

    यसैगरी सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

     

    प्रतिक्रिया दिनुहोस