Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १० सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख १० सोमबार

  • 735
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १० सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १० सोमबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    ग्लोबल आइएमई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख ७७ हजार १०५।९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।

    शेयर बजार : नेप्से परिसूचक  १५.४१  प्रतिशतले बढेर  १९६९.०२  विन्दुमा ,  २ अर्ब ५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक  १५.४१  प्रतिशतले बढेर  १९६९.०२  विन्दुमा आएको छ ।  आज करिब २ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 
    यस दिन ३२० कम्पनीको ५६ लाख ५६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट परेका छन् ।

    ह्वाइट लोटस पावरले  आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

    काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।  

    आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्कासन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । 

    यससम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् ।

    सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने

    काठमाडौं । सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । जसमध्ये २० अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । मंगलबार (वैशाख ११ गते)जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार वैशाख १० गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ ८ गते परिपक्व हुनेछ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको  साधारण सभा वैशाख २१ गते , ३५ प्रतिशत लाभांश पारित गर्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सको वैशाख २१ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।साधारण सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सूर्यज्योतिले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेको छ ।

    मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्सुरेन्सको नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीको कर्पोरेट कार्यालय, जनकपुरधाम, बिद्यापति चोेकमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोको बमोजिम हुने सूचनामा उल्लेख छ ।संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक  ०.३५ विन्दुले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३५ विन्दुले घटेको छ । यससँगै सूचक १९८४.०८ अंकमा अडिएको छ । १७ लाख ९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको ४ हजार ५ सय २२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

    अरुण भ्याली हाइड्रोको २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको करिब २० लाख कित्ता हकप्रद सेयर आज ९बैशाख १० गते० देखि बिक्री खुला गरिएको छ । कम्पनीको अवितरित १९ लाख ९२ हजार १३४ कित्ता कित्ता हकप्रद सेयर बिक्रीमा राखिएको हो ।हाइड्रोपावरले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १९ लाख ९२ हजार १३४ कित्ता सेयर आजदेखि लिलामीमा बिक्री खुला गरेको हो ।

    सुनको मूल्य प्रतितोला रु ११ सयले घट्यो , प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १७ सय ५ रुपैयाँ कायम भएको छ ।

    अध्यक्ष ओलीद्वारा समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउन सबैसँग अनुरोध

    ललितपुर । नेकपा )एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउने अभियानमा साथ दिन सबैसँग अनुरोध गर्नुभएको छ ।  एमालेद्वारा आज यहाँ आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहमा उहाँले नेपाल र नेपालीको पक्षमा ल्याइएको सङ्कल्पलाई परिणाममुखी बनाउन मुलुकका जिम्मेवारी सबै पक्षको साथ–सहयोग आवश्यक हुने बताउनुभयो ।

    अर्थ सचिव मरासिनीको स्वागत र पुष्करको बिदाइ एकैसाथ गरियो

    काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुष्कर कर्णको बिदाइ र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत एकसाथ गरिएको छ । सो बिदाई तथा स्वागत कार्यक्रम  अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा.रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा माथिका अधिकांश कर्मचारीहरुको सहभागितामा  गरिएको हो । 

    मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मरासिनी यसअघि पनि अर्थ सचिव थिए । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रूपमा लिनुपर्ने बताए ।

    सुटिङ कपडा व्यापारमा आनन्दको छल, स्वयम्भूमा जरा , विशाल बजारमा हाँगा, सानेपामा फल

    काठमाडौं । विशेषखालका र महँगा सुटिङ सर्टिङ कपडा व्यापारमा आनन्द कुमार माडवाडी (अग्रवाल)ले ठुलो मात्रामा राजस्व छलिरहेका छन् ।काठमाडौंको वडा नम्बर १५ स्वयम्भूमा दर्ता भएको मिलानो कलेक्शन र काठमाडौंको विशाल बजारमा ठेगाना राखी दर्ता भएको लाइफ कलेक्शनलगायतका कम्पनीहरूले ठुलो मात्रामा राजस्व छलिरहेको सम्बद्ध स्रोतले बताएको हो ।

    सरजुप्रसाद र उनका छोरा आनन्द कुमार माडवाडी (अग्रवाल)ले सञ्चालन गर्दै आएका मिलानो कलेक्शन ,लाइफ कलेक्शनलगायतका फर्महरूले महँगा सुटिङ सर्टिङ कपडा आयात र बिक्री वितरण गर्दा ठुलो मात्रामा राजस्व छलिरहेको पाइएको हो ।काठमाडौंको स्वयम्भूमा ठेगाना राखी दर्ता गरिएको भएपनि  एउटा फर्म न्युरोडस्थित विशाल बजारमा उनीहरूले लाइफ कलेक्शन सञ्चालन गरिरहेका छन् ।

    शुक्लाफाँटामा १० महिनाको अवधिमा एक करोड राजस्व सङ्कलन

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को हालसम्म रु एक करोड ९३ हजार छ सय २८ राजस्व सङ्कलन गरेको छ । 

     

    नगरपालिकाको राजस्व शाखाका प्रमुख लोकराज भट्टका अनुसार सम्पत्ति करबाट रु १० लाख दुई सय ८१, भूमिकर रु १४ लाख १४ हजार नौ सय ६३, बहाल कर रु १५ लाख ५९ हजार एक सय ५९, बहाल विटौरी कर रु दुई लाख ४८ हजार सात सय ७७, व्यवसाय कर रु १२ लाख पाँच हजार नौ सय ६१ राजस्व सङ्कलन भएको छ ।

     

    यसैगरी, अन्य करबापत रु ६२ हजार छ सय ५६, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु दुई लाख ३१ हजार सात सय ५०, रोयल्टीबापत रु एक लाख ३० हजार एक सय ४२, अन्य सेवा शुल्क रु चार हजार २०, न्यायिक दस्तुर रु तीन हजार, नक्सापास दस्तुर रु तीन लाख २१ हजार तीन सय ८०, सिफारिस रु १८ लाख दुई सय ८७ राजस्व सङ्कलन भएको छ ।

    लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले नियमित संसदबाट कानुन संशोधन गर्न बनेको विधेयक पारित हुन ढिलाई हुने देखेर तत्काल त्यसलाई अध्यादेश बनाएर लागु गराउन खोजेको छ । लगानी सम्मेलन सफल पार्न लगानीकर्तालाई विश्वास दिलाउन यो अध्यादेश ल्याउन लागेको हो ।

    सरकारले  लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू, अर्थसचिवमा मरासिनी, भोलि सार्वजनिक विदा

    काठमाडौं ।  सरकारले  अर्थसचिवमा पुनः  मधुमरासिनीलाई ल्याएको छ । पेमेन्ट गेटवेमा भएको अनियमिततामा संलग्न भएको आरोपमा गरिएको निलम्बन फुकुवा पछि सरकारले उनलाई अर्थ सचिवमा फेरि ल्याउने निर्णय गरेको हो । 

    आज बसेको मन्त्रिपरिषद्को बैठकबाट मरासिनीलाई अर्थसचिवमा फेरि ल्याउने निर्णय भएको हो ।पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

    यसैगरी सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

    माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी

    काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।

     

    टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको हो ।

    सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

    भद्रपुर । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । 

    विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयको टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

    काठमाडौँ।  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गर्नुभएको छ । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

    हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ । सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस