Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पिपुल्स पावर कम्पनीको  साधारण सभा वैशाख १७ गते , ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने


नया सडक

२०८१, वैशाख ११ मंगलबार

  • 627
    Shares

  • पिपुल्स पावर कम्पनीको  साधारण सभा वैशाख १७ गते , ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । पिपुल्स पावर कम्पनीले २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । कम्पनीको छैंठौं र सातौं वार्षिक साधारण सभा वैशाख १७ गते बस्ने भएको हो । सभा, लीसारा ब्यांकेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभामा २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस