Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आजको मौसमः पहाडी भू-भागमा वर्षाको सम्भावना


नया सडक

२०८१, वैशाख ११ मंगलबार

  • 780
    Shares

  • आजको मौसमः पहाडी भू-भागमा वर्षाको सम्भावना

    काठमाडौँ ।  हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन(चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशको तराई भू(भागका केही स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू(भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । 

    प्रतिक्रिया दिनुहोस