काठमाडौं । डेभलपमेन्ट बैकर्स संघको प्रमुख कार्यकारी अधिकृत( सीईओ)मा मञ्जिला डंगोल नियुक्त भएकी छिन् ।विकास बैंकहरूको संघको सीईओमा नियुक्त डंगोल व्यवस्थापनमा स्नात्तकोत्तर हुन् ।
उनीसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मोगा र मेगा इन्भेस्टमेन्ट बैंकमा समेत काम गरेको करिब १५ वर्षको अनुभव रहेको छ ।
अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन र कृषि कर्जा व्यवस्थापन क्षेत्रमा उनको विशेष दखल रहेको छ ।