Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बालाजु बाइसधारा मेला सुरु


नया सडक

२०८१, वैशाख ११ मंगलबार

  • 543
    Shares

  • बालाजु बाइसधारा मेला सुरु

    काठमाडौँ ।स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा ९ल्हुति पुन्हि० मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । 

    बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा ९ल्हुति पुन्हि० मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताउनुभयो । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । 

     भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले  २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ । रासस

    प्रतिक्रिया दिनुहोस