Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 534
    Shares

  • विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

     

    काठमाडौँ ।काठमाडौँ-विद्युतीय सवारी (इभी)  (यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । 

     

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले (यालीको उद्घाटन गर्नुभयो । आज बिहान इभी र्याली आयोजना गरी विद्युतीय सवारी प्रवद्र्धन र विद्युत खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुआत गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो  ।

     

    र्याली उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

     

    “हाइड्रो एक्स्पो अघि सुरु भएको यो (यालीले स्वदेशी विद्युत खपत बढाउन र विद्युतीय सवारी प्रवद्र्धनमा सहयोगी सावित हुनेछ”, उहाँले भन्नुभयो, “हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुनेछ ।”

     

    इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरिएको बताउनुभयो । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागिसमेत विद्युतीय सवारी र्यालीले थप प्रवद्र्धन हुने उहाँको आशा छ । 

     

    “सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य लिएको छ, यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ”, उहाँले भन्नुभयो, “विद्युतीय सवारीले स्वदेशी विद्युत् खपत बढाउन सहयोगी हुनुका साथै पर्यावरणका लागि उपयुक्त हुन्छ ।”

     

    इभी र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा पुगेर टुङ्गिएको थियो । र्यालीमा तीन सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए । 

     

    एक्स्पोको पहिलो दिन तीन वटा प्राविधिक सत्र राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको औपचारिक उद्घाटन गर्नुहुनेछ । रासस

     

    प्रतिक्रिया दिनुहोस