Logo

May 05 2024 | २०८१, वैशाख २३गते

images

राष्ट्र बैंकले मुद्दतीमा करिब दुई अर्ब निक्षेप लगानी गर्दै , ब्याजदरको प्रस्ताव आह्वान


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 309
    Shares

  • राष्ट्र बैंकले मुद्दतीमा करिब दुई अर्ब निक्षेप लगानी गर्दै , ब्याजदरको प्रस्ताव आह्वान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

    images

    राष्ट्र बैंकबाट मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरू दिन चाहेको ब्याजदर सहित रकम प्रस्ताव वैशाख १६ गते राती १२ बजेभित्र केन्द्रीय बैंकमा आइपुग्ने गरी गर्नुपर्नेछ ।

    बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड १६ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ९ करोड ७२ लाख रुपैयाँ राख्न लागेको हो ।

    मुद्दती निक्षेपको समय २०८१ जेठ ३ गतेबाट शुरु भई २०८२ जेठ २ गते परिपक्व हुने जनाइएको छ । बैंकबाट निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा कम, तोकिएको सीमा भित्र कर्जा निक्षेप अनुपात हुनुपर्ने, तोकिएभन्दा बढी रियलस्टेट कर्जा नगएको लगायतको शर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस