Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

अख्तियारद्वारा उपभोक्ता समिति बनाएर हुम्लामा  बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै  ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


नया सडक

२०८१, वैशाख १३ बिहीबार

  • 963
    Shares

  • अख्तियारद्वारा   उपभोक्ता समिति बनाएर हुम्लामा  बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै  ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उपभोक्ता समिति बनाएर हुम्लामा  बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै  ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतलमा मुद्दा दायर गरिएको हो ।

    अख्तियारले उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली ३ का वडाध्यक्ष सालिग्राम एडीविरुद्ध  मुद्दा दायर गरेको छ ।

    उनीहरूले हुम्लाको सुकिचौरै हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा भएकोभन्दा बढी कामको मूल्यांकन गराएको, झुटा बिल तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारले जनाएको छ ।

    अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली र असिस्टेन्ट सव इन्जिनियर बुढाबाट २ लाख २२ हजार बिगो मागदाबी गरेको छ ।उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाट पनि २ लाख २२ हजार मागदाबी गरिएको छ ।

    चंखेली गाउँपालिका वडा नं ३ का अध्यक्ष सालिग्राम ऐडीले निर्माण सम्पन्न नभएको बाटोलाई भयो भनी सिफारिस गरी सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याएको भन्दै अख्तियारले सजायको मात्रै माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस