Logo

May 15 2024 | २०८१, जेठ २गते

images

सहकारीहरुको समस्या समाधान गर्न   तत्काल आवश्यक कानुन बनाउने लगायतका मन्त्रिपरिषद्का निर्णयहरू


नया सडक

२०८१, वैशाख १३ बिहीबार

  • 288
    Shares

  • सहकारीहरुको समस्या समाधान गर्न    तत्काल आवश्यक कानुन बनाउने लगायतका मन्त्रिपरिषद्का निर्णयहरू

    काठमाडौं । सहकारीहरुमा देखिएको समस्या समाधानका लागि सरकारले  तत्काल आवश्यक कानुन बनाउने निर्णय गरेको छ । सहकारीको समस्या छिटो समाधान गर्न विद्यमान कानुनबाट नहुने बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निष्कर्ष निकालेको हो ।

    images

    मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  सामान्य, नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भनेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्नुपर्ने देखिएकोले  सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्रयाकबाट ल्याउनुपर्ने निर्णय गरिएको बताइन् ।

     साथै मन्त्रिपरिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने  निर्णय पनि गरेको छ ।

    यस्तै हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद बैठले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस